चलचित्र ‘मैना’ निर्माणको घोषणा
काठमाडौँ । चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)को निर्माण रहने चलचित्र चन्द्र कुमार भट्टराईले निर्देशन गर्दै छन् ।
निर्माण युनिटले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो । थिम पोस्टरले क्राइम थ्रिलर चलचित्रको संकेत गर्छ ।
भट्टराईले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनीसँग समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लगायत एक दर्जन चलचित्रमा मुख्य सहायक निर्देशनको रूपमा काम गरेको अनुभव छ । सुस्मिता फिल्मस्को प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् ।
चलचित्र निर्माणमा राजेन्द्रलाई विनिता शर्माको साथ दिनेछिन् । चलचित्रको सह–निर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहेका छन् ।
चलचित्रको छायाङ्कन आगामी भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन । निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण