दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औँ खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो ।
टोलीका लागि ओपनर अभिषेक पोरेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३७ बलमा ५ चौका र १ छक्का हिर्काए । त्यस्तै, केएल राहुलले ३२ बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काएर ३८ रन जोडे ।
कप्तान अक्षर पटेलले तीव्र गति रन बनाए । उनले मात्र १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडे । खेलको अन्त्यतिर ट्रिस्टन स्टब्सले १८ बलमा ३४ रन तथा आशुतोष शर्माले १५ रनको महत्त्वपूर्ण योगदान दिए ।
राजस्थानका लागि जोफ्रा अर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए । त्यस्तै, महिष थिकशाना र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।
दिल्ली ५ खेलबाट ८ अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।
राजस्थान भने ६ खेलबाट ४ अंक बटुलेर आठौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण