बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत

बुधबार, ०३ वैशाख २०८२, २१ : ३०
बुधबार, ०३ वैशाख २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औँ खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो ।

टोलीका लागि ओपनर अभिषेक पोरेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३७ बलमा ५ चौका र १ छक्का हिर्काए । त्यस्तै, केएल राहुलले ३२ बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काएर ३८ रन जोडे ।

कप्तान अक्षर पटेलले तीव्र गति रन बनाए । उनले मात्र १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडे । खेलको अन्त्यतिर ट्रिस्टन स्टब्सले १८ बलमा ३४ रन तथा आशुतोष शर्माले १५ रनको महत्त्वपूर्ण योगदान दिए ।

राजस्थानका लागि जोफ्रा अर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए । त्यस्तै, महिष थिकशाना र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।
दिल्ली ५ खेलबाट ८ अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।

राजस्थान भने ६ खेलबाट ४ अंक बटुलेर आठौँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप