नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल

कैलाली । नगर कार्यपालिकाको निर्णयअनुसार शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण नगर्न उच्च अदालत दीपायलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिकाले २०८१ चैत १७ गते नगर कार्यपालिकाको निर्णयबाट शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण गरेको थियो ।
उक्त निर्णयविरुद्ध सिद्धराज जोशीसहितका शिक्षकले उच्च अदालत दीपायलमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
यस्तै उच्चले वैशाख १२ गतेको पेसी तोक्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । सो दिन शिक्षक दरबन्दी मिलान र स्थानान्तरण गर्ने नगरकार्यपालिकाको निर्णयको सक्कल कागजातसहितका प्रमाण कागजात लिई उपस्थित हुन समेत अदालतले नगरपालिकाको नाममा आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा