प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
बिहीबार, ०४ वैशाख २०८२, ०२ : ३५
काठमाडौं । इंग्लिश प्रिमिरय लिग फुटबलमा न्यूक्यासल युनाइटेडले फराकिलो जित हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा न्यूक्यासलले क्रिष्टल प्यालेसविरुद्ध ५-० को जित निकालेको हो ।
न्यूक्यासललाई जिताउन क्याकव मर्फी, हार्भे बान्र्स, फेबियन शार र अलेक्जेन्डर इसाकले एक-एक गोल गरे । यस्तै, क्रिष्टल प्यालेसका मार्क गुएहीले एक गोल आत्मघाती उपहार दिए । योसँगै प्रिमियर लिगमा ३२ औं चरणका खेल पूरा भएका छन् ।
फराकिलो जितसँगै न्यूक्यासल नटिङमलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने दोस्रो स्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । त्यति मात्र नभई न्यूक्यासलले गोल अन्तर समेत बढाएको छ । न्यूक्यासलको ३२ खेलबाट ६९ अंक भएको छ भने दोस्रो स्थानको आर्सनलको ६३ अंक छ । शीर्ष स्थानको लिभरपुलको भने ७६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण