बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन

बिहीबार, ०४ वैशाख २०८२, ०९ : ३०
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाकामा रहेको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य सुरु भएको बताएका छन् । 

३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी  रहेको शाहले उल्लेख गरेका छन् ।  जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्टाइएको बताइएको छ । 

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिने बालेनले उल्लेख गरेका छन् । पोखरीमा आकाशे पानी संकलन प्रणाली पनि बनाइनेछ। पोखरीको पुनर्निर्माणले जल प्रणाली पुनर्स्थापना गर्ने शाहको विश्वास छ । 

पानीको स्रोत व्यवस्थापन गर्न लिच्छविकालिन अवस्थामा काठमाडौँको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप