डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय चर्चा आएपछि उनी मङ्गलवार नै सुटुक्क अमेरिका उडेकी हुन् । केही दिन अगाडि केही युट्युबमा अन्तर्वार्ताको क्रममा उनले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताएकी थिइन् । उक्त विषयलाई लिएर उनीमाथि सकारात्मक नकारात्मक टिप्पणी हुन थालेपछि उनी अमेरिका उडेकी हुन् ।
केहीअघि मात्र नेपाल आएकी उनी नेपाल आउनुको उद्देश्य वेब सिरिज ‘घर बट इन अमेरिका’ को कार्यक्रम बताइएको थियो । जसमा उनले अभिनय गरेकी छन् । तर बुधवार आयोजित ‘घर बट इन अमेरिका’ को ट्रेलर रिलिज कार्यक्रममा सहभागी नै नभई उनी अमेरिका उडेकी छन् । विच्छेदको प्रश्नबाट भाग्नका लागि उनले कार्यक्रमलाई स्किप गरेकी हुन् ।
अरुणिमाले विभिन्न सञ्चार माध्यममा श्रीमान् श्रेष्ठविरुद्ध बोलेका कुराहरूको समेत अहिले चर्चा छ । उनले टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा श्रीमानसँग विवाहपछि कुनै सम्बन्ध नभएको विषयमा दिएको अभिव्यक्तिले सामाजिक सञ्चालनमा उनको आलोचना भइरहेको छ । आफ्ना अभिव्यक्तिहरू विवादित र आलोचित हुन थालेपछि उनी मिडियाबाट टाढा रहन सुटुक्क अमेरिका उडेकी हुन् ।
वेब सिरिज ‘घर बट इन अमेरिका’ मा अरुणिमाको अलवा विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको अभिनय छ । वेब सिरिज रोशन घिमिरेले निर्माण गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण