शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा

बिहीबार, ०४ वैशाख २०८२, १५ : ११
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय चर्चा आएपछि उनी मङ्गलवार नै सुटुक्क अमेरिका उडेकी हुन् । केही दिन अगाडि केही युट्युबमा अन्तर्वार्ताको क्रममा उनले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताएकी थिइन् । उक्त विषयलाई लिएर उनीमाथि सकारात्मक नकारात्मक टिप्पणी हुन थालेपछि उनी अमेरिका उडेकी हुन् । 

केहीअघि मात्र नेपाल आएकी उनी नेपाल आउनुको उद्देश्य वेब सिरिज ‘घर बट इन अमेरिका’ को कार्यक्रम बताइएको थियो । जसमा उनले अभिनय गरेकी छन् । तर बुधवार आयोजित ‘घर बट इन अमेरिका’ को ट्रेलर रिलिज कार्यक्रममा सहभागी नै नभई उनी अमेरिका उडेकी छन् । विच्छेदको प्रश्नबाट भाग्नका लागि उनले कार्यक्रमलाई स्किप गरेकी  हुन् ।

अरुणिमाले विभिन्न सञ्चार माध्यममा श्रीमान् श्रेष्ठविरुद्ध बोलेका कुराहरूको समेत अहिले चर्चा छ ।  उनले टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा श्रीमानसँग विवाहपछि कुनै सम्बन्ध नभएको विषयमा दिएको अभिव्यक्तिले सामाजिक सञ्चालनमा उनको आलोचना भइरहेको छ । आफ्ना अभिव्यक्तिहरू विवादित र आलोचित हुन थालेपछि उनी मिडियाबाट टाढा रहन सुटुक्क अमेरिका उडेकी हुन् । 

वेब सिरिज ‘घर बट इन अमेरिका’ मा अरुणिमाको अलवा विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको अभिनय छ । वेब सिरिज रोशन घिमिरेले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप