आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी

बिहीबार, ०४ वैशाख २०८२, १५ : ३४
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । बिहीबार दिउँसो वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसिरहेको हो । 

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका गतिविधिबारे छलफल भइरहेको रास्वपाले जनाएको छ । 

बैठकमा अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल, महाधिवेशन कार्य विवरणका सम्बन्ध,केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप