बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१४ बलको त्यो अद्भुत उपलब्धि...

आइतबार, २१ वैशाख २०८२, ११ : ०५
आइतबार, २१ वैशाख २०८२

बेंगलुरु । विगतमा पनि वेस्ट इन्डिजका ब्याट्सम्यानहरूले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभुत्व जमाउँदै आएका थिए । क्रिस गेल जस्ता ब्याट्सम्यानको सबैभन्दा छिटो शतकसहित धेरै रेकर्डहरू आज पनि कायम छन् ।

रोमारियो शेफर्डले हिजो राति यस्तै इतिहास दोहोराए । उनले केवल १४ बलमा आईपीएल इतिहासमा दोस्रो सबैभन्दा छिटो अर्धशतक बनाए ।

केएल राहुल र प्याट कमिन्सले पनि आईपीएलमा १४ बलमा अर्धशतक बनाएका छन् । गत वर्ष सबैभन्दा छिटो अर्धशतक यशस्वी जयस्वालले १३ बलमा बनाएका थिए । यसको अर्थ शेफर्डले आईपीएल २०२५ को सबैभन्दा छिटो अर्धशतक बनाएका छन् ।

शेफर्ड १७.५ ओभरमा मैदानमा आए । त्यतिबेला बेंगलुरुको स्कोर १५७ रन थियो । शेफर्डले पहिलो दुई बलमा केवल दुई रन बनाए । यसपछि, १९ औँ ओभरमा उनले खलिल अहमदको बलिङमा ६, ६, ४, ६, ६, ४  र २० औँ ओभरमा मथिसा पाथिरानाको बलिङमा ४, ४, ६, ६ रन बनाए र ५३ रनको अविजित इनिङ्नस खेले ।

शेफर्डले १४ बल खेल्दै चार चौका र छ छक्का प्रहार गर्दै आरसीबीको स्कोर १५७ बाट २१३ मा पुर्‍याए ।

३० वर्षीय शेफर्डले गत वर्ष पनि यस्तै इनिङ्स खेलेका थिए । त्यसपछि उनले मुम्बईका लागि १० बलमा अविजित ३९ रन बनाएका थिए । 

त्यो खेलमा उनले २० औँ ओभरका सबै छ बललाई बाउन्ड्रीभन्दा बाहिर प्रहार गर्दै ३२ रन बनाएका थिए भने हिजो राति उनले १९ औँ ओभरमा ३३ रन बनाए ।

बेंगलुरुको पक्षमा नतिजा आउनुको सबैभन्दा ठुलो कारण शेफर्ड थिए र उनलाई ‘प्लेयर अफ द म्याच’ चुनियो ।

खेलपछि आफ्नो विस्फोटक अविजित अर्धशतकको बारेमा बोल्दै शेफर्डले भने, ‘म प्रत्येक बलमा ब्याटलाई अधिकतम शक्तिका साथ स्विङ गरिरहेको थिएँ । म ब्याटको बिचमा बल प्रहार गर्न चाहन्थेँ । आज ब्याटसँग मेरो दिन राम्रो रह्यो ।’

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप