सरकारले पूर्वाधार निर्माणलाई गति दिएको छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सबै क्षेत्रलाई गति दिएको बताएका छन् । आइतबार काठमाडौँको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठबन्धनमा रहेका दलहरू बिचमा दर्बिलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताए ।
स्थानीयवासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए । त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरू विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ती सबै निकायहरू बिच समन्वय गरी जनअपेक्षा पूरा गरिने बताए ।
अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरूको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याइरहेको उहाँले जनाउनुभयो । सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामीण क्षेत्रमा स्वरोजगारी र उद्यमशीलताको विकास भई रहेको पनि मन्त्री दाहालले बताए ।
देशका विभिन्न राजमार्गहरू अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको उनको भनाई छ । वर्षायाम सुरु हुनै लागेकाले निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरूलाई निर्देशन पनि दिए ।
सडक निरीक्षण टोलीमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणदत्त भण्डारी, इन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरू सहभागी थिए ।
मन्त्री दाहाल शिवमन्दिर त्रिवेणीचोक राष्ट्रिय सहिद पार्क उपभोक्ता समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पनि सहभागी भएका थिए । सो कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई, प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, प्रदेश सभा सदस्य जयराम थापा लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा
-
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दै राष्ट्रपतिले भने, ‘स्रष्टालाई सम्मान गर्न समाज र सरकारले कन्जुस्याइँ गर्न हुन्न’
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण