प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिए ।
‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको छ । यी बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन्छ’, उनले भने । बैठकमा सम्पन्न भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने यादवले बताए ।
पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन १२ गतेदेखि सुरु भएको तराई मधेस जागरण अभियान वैशाख १७ गते सम्पन्न भइसको छ । एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको दाबी गरेको माओवादीले अभियान पूर्णरुपमा सफल भएको जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे