हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्ने ६ जना पक्राउ
हेटौँडा । अस्पतालको बोर्ड तोडमोर्डको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न ६ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो ।
उक्त घटनामा संलग्न सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गत चैत ३१ मा हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै उनीहरूले अस्पतालको बोर्ड तोडमोड गरेका थिए । उनीहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्डसमेत टाँसेका थिए । घटनालगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रतिष्ठानले विज्ञप्ति जारी गरेको थियो ।
घटनामा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आदेश गरे पनि उनीहरूलाई प्रहरीले भेटाउन सकेको थिएन ।
प्रहरीका अनुसार बोर्ड तोडमोड गरेर घटनामा संलग्न सबै फरार भएका थिए । प्रहरीले निरन्तर खोजतलास गर्दा पनि उनीहरूलाई भेटाउन सकेको थिएन । बिहीबार बिहान उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण