सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्ने ६ जना पक्राउ

बिहीबार, ०४ वैशाख २०८२, १८ : २६
बिहीबार, ०४ वैशाख २०८२

हेटौँडा । अस्पतालको बोर्ड तोडमोर्डको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न ६ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो । 

उक्त घटनामा संलग्न सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

गत चैत ३१ मा हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै उनीहरूले अस्पतालको बोर्ड तोडमोड गरेका थिए । उनीहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्डसमेत टाँसेका थिए । घटनालगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रतिष्ठानले विज्ञप्ति जारी गरेको थियो । 

घटनामा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आदेश गरे पनि उनीहरूलाई प्रहरीले भेटाउन सकेको थिएन ।

प्रहरीका अनुसार बोर्ड तोडमोड गरेर घटनामा संलग्न सबै फरार भएका थिए । प्रहरीले निरन्तर खोजतलास गर्दा पनि उनीहरूलाई भेटाउन सकेको थिएन । बिहीबार बिहान उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप