सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी

शुक्रबार, ०५ वैशाख २०८२, ०७ : ४९
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ ।  नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरुको प्रदर्शनमा सहभागिता बढ्दै गएको उल्लेख गरेका छन् । उनले भनेका छन्–'हिजोको सहभागिताले हामीलाई गौरवान्वित गराएको छ ।  नेतृत्वलाई झन धेरै उर्जा दिएको छ । यसका लागि सबै सहभागी साथीहरुप्रति आभारी छौं । आज पनि ठिक १२ः०० बजे माइतीघर मण्डला पुगौं ।'

उनले आन्दोलन विजयोन्मुख रहेकोले यो घडीमा झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी रहेको उल्लेख गरेका छन् । 'आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ । हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस् , उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरु पनि थुप्रै छन् । त्यस्ता मान्छे कुन आवरणमा आउँछन् , कुनै ठेगान हुँदैन ।  त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ । मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ' उनले भनेका छन् । 

आन्दोलन स्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न उनले सशक्षकहरुसमक्ष आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप