अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरुको प्रदर्शनमा सहभागिता बढ्दै गएको उल्लेख गरेका छन् । उनले भनेका छन्–'हिजोको सहभागिताले हामीलाई गौरवान्वित गराएको छ । नेतृत्वलाई झन धेरै उर्जा दिएको छ । यसका लागि सबै सहभागी साथीहरुप्रति आभारी छौं । आज पनि ठिक १२ः०० बजे माइतीघर मण्डला पुगौं ।'
उनले आन्दोलन विजयोन्मुख रहेकोले यो घडीमा झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी रहेको उल्लेख गरेका छन् । 'आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ । हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस् , उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरु पनि थुप्रै छन् । त्यस्ता मान्छे कुन आवरणमा आउँछन् , कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ । मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ' उनले भनेका छन् ।
आन्दोलन स्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न उनले सशक्षकहरुसमक्ष आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण