आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप

शुक्रबार, ०५ वैशाख २०८२, ११ : १५
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ नेपाल फर्किएको छ । ग्रुपले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान’ कार्यक्रममा नेपालको तर्फबाट विभिन्न लोक संस्कृति प्रस्तुत गरेर फर्किएको हो ।

तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ ले बैंकक तथा पत्तयामा अप्रिल १० तारिफ देखि १६  सम्म आयोजना भएको मेलामा विभिन्न लोक संस्कृति कार्यक्रम देखाएको हो । मेलामा नेपालको अलवा मेक्सिको, श्रीलङ्का, रसिया र थाइल्यान्ड सहभागी थियो ।

everest colctur group (1)

एभरेस्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा.आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा सहभागी टोलीमा नृत्य निर्देशक सङ्घ लुम्बिनी प्रदेशकाका पदाधिकारी तथा कलाकारहरू, लोकेन्द्र शाह, सावित्री बुढाथोकी (मिना), सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मञ्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी), मोनिका राना, लीला घिमिरे, माया बस्याल लगायत सहभागी थिए ।

सोही अवसरमा कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यससम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप