‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
काठमाडौँ । ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मलाई लिएर दर्शकमा एउटा जिज्ञाशा छ । फिल्म ‘के घर के डेरा’को सिक्वेल हो कि होइन ?।
निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताउँछन् । ‘यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा फिल्ममा छ ।
तर, यो के घर के डेराको सिक्वेल भने होइन’, उनले भने ‘यो बिलकुल नयाँ फिल्म हो । यसको कथा नयाँ छ । दर्शकलले यो कथा फिल्ममा हेर्न पाएको छैनन् ।
‘के घर के डेरा’ कमेडी बेसमा बनेको फिल्म भएको बताउका खनालले ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा भएको प्रष्ट पार्छन् । आफ्नो पहिचान झल्कने फिल्म ‘के घर के डेरा : घर नं २’ भएको उनी बताउँछन् ।
‘यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ’, उनी थप्छन् ‘यो फिल्म मार्फत म आफ्नो जनरामा फर्किएको छु ।’
फिल्मको केही दिन अगाडि टिजर रिलिज भएको थियो । टिजरमा देखिएको बिषयलाई लिएर धेरैले फिल्म ‘के घर के डेरा’को सिक्वेल अनुमान गरेका छन् । कतिले त फिल्मले ‘पशुपतिप्रसाद १’को झल्को दिएको समेत प्रतिक्रिया दिएका छन् ।
साहित्यकार बुद्धिसागरको कथा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्म कृष्णबहादुर थापाले छायांकन गरेका हुन् ।
फिल्मको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ , किरण महर्जन र कार्यकारी निर्माताको रूपमा युवराज कार्की रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण