बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु
शुक्रबार, ०५ वैशाख २०८२, १६ : १८

बारा । बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । निजगढ –कलैया सडक खण्डमा कार र टिपर एकापसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हाे ।
बाराकाे १३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन ।
पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१–०२५– ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१– ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा विस्तृत अध्ययन सुरु गरिएको बारा प्रहरीले बताएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित विभिन्न स्थानबाट ३९ जना पक्राउ
-
पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी
-
जसपा नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
-
सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति