अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
बेइजिङ । अमेरिका र चीनबिच ‘कर युद्ध’ जारी रहँदा चीनमा बनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा वृद्धि देखिएको छ ।
यो ट्वाइलेट ब्रस नयाँ भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बन्दा नै चिनियाँ कम्पनीहरूले देशमा उनको लोकप्रियतालाई मध्यनजर गर्दै उनमा आधारित कयौँ वस्तुहरू निर्माण गरेको थियो ।
तर, अहिले परिस्थिति बदलिएको छ । चीन र अमेरिकाको सम्बन्ध निकै तनावपूर्ण रहेको छ ।
अहिले चिनियाँहरू अमेरिकी राष्ट्रपतिलाई गिज्याउन ‘ट्रम्प ट्वाइलेट ब्रस’ किनिरहेका छन् । चिनियाँ मिडियाहरूले ट्रम्प ट्वाइलेट ब्रसको बिक्री ह्वात्तै बढेको बताइरहेका छन् । उनीहरूले यसलाई ‘यीवु काउन्टर अट्याक’समेत भनिरहेका छन् ।
यीवु सहरमा सस्ता प्लास्टिकका सामग्री बनाउने स–साना फ्याक्ट्रीहरू रहेका छन् । ट्रम्प ट्वाइलेट ब्रसको बिक्रीलाई देशले ट्रम्पको पारस्परिक करबाट प्रभावित उद्योगहरूलाई देखाएको समर्थनका रूप अर्थ्याइएको छ ।
सामाजिक सञ्जालमा भाइरल बनेको यस्ता ट्वाइलेट ब्रस १.९ देखि २.६ डलरमा बिक्री भइरहेका छन् ।
अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण