अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो

बेइजिङ । अमेरिका र चीनबिच ‘कर युद्ध’ जारी रहँदा चीनमा बनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा वृद्धि देखिएको छ ।
यो ट्वाइलेट ब्रस नयाँ भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बन्दा नै चिनियाँ कम्पनीहरूले देशमा उनको लोकप्रियतालाई मध्यनजर गर्दै उनमा आधारित कयौँ वस्तुहरू निर्माण गरेको थियो ।
तर, अहिले परिस्थिति बदलिएको छ । चीन र अमेरिकाको सम्बन्ध निकै तनावपूर्ण रहेको छ ।
अहिले चिनियाँहरू अमेरिकी राष्ट्रपतिलाई गिज्याउन ‘ट्रम्प ट्वाइलेट ब्रस’ किनिरहेका छन् । चिनियाँ मिडियाहरूले ट्रम्प ट्वाइलेट ब्रसको बिक्री ह्वात्तै बढेको बताइरहेका छन् । उनीहरूले यसलाई ‘यीवु काउन्टर अट्याक’समेत भनिरहेका छन् ।
यीवु सहरमा सस्ता प्लास्टिकका सामग्री बनाउने स–साना फ्याक्ट्रीहरू रहेका छन् । ट्रम्प ट्वाइलेट ब्रसको बिक्रीलाई देशले ट्रम्पको पारस्परिक करबाट प्रभावित उद्योगहरूलाई देखाएको समर्थनका रूप अर्थ्याइएको छ ।
सामाजिक सञ्जालमा भाइरल बनेको यस्ता ट्वाइलेट ब्रस १.९ देखि २.६ डलरमा बिक्री भइरहेका छन् ।
अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई