राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौँमा प्रदर्शन गर्दैछ ।
यसअघि पार्टीले भोलि गरिने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने बताएको थियो । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने तयारी दिइने समेत उल्लेख गरेको थियो ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’

यसअघि, शीर्ष तीन राजनीतिक दल गणतन्त्र तथा संविधानको रक्षाका लागि एक ठाउँमा उभिन सहमत भएका थिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले नेताहरुले समान मत प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण