जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखको फराकिलो जित
आइतबार, ०७ वैशाख २०८२, ०६ : ४३
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । बायर्नले हिडेनहाइमको घरेलु मैदानमा ४-० को फराकिलो जित हासिल गरेको हो ।
बायर्नलाई जिताउन ह्यारी केन, कोनराड लेमर, किंग्सले कोमन र जोशुवा किम्मिचले एक–एक गोल गरे । यो जितपछि बायर्नको ३० खेलबाट ७२ अंक भएको छ । यसले दोस्रो स्थानको बायर लिभर कुजेनलाई ९ अंकले पछि पारेको छ ।
एक खेल कम खेलेको बायरको ६३ अंक छ भने तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्टको ५१ अंक छ । बायर्नले ४-० को जित निकाल्दा युनियन बर्लिन र भीएबी स्टुटगार्टले भने ४-४ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण