आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखको फराकिलो जित

आइतबार, ०७ वैशाख २०८२, ०६ : ४३
आइतबार, ०७ वैशाख २०८२

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । बायर्नले हिडेनहाइमको घरेलु मैदानमा ४-० को फराकिलो जित हासिल गरेको हो ।

बायर्नलाई जिताउन ह्यारी केन, कोनराड लेमर, किंग्सले कोमन र जोशुवा किम्मिचले एक–एक गोल गरे । यो जितपछि बायर्नको ३० खेलबाट ७२ अंक भएको छ । यसले दोस्रो स्थानको बायर लिभर कुजेनलाई ९ अंकले पछि पारेको छ । 

एक खेल कम खेलेको बायरको ६३ अंक छ भने तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्टको ५१ अंक छ । बायर्नले ४-० को जित निकाल्दा युनियन बर्लिन र भीएबी स्टुटगार्टले भने ४-४ को बराबरी खेल्दै अंक बाँडेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप