बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
न्यायालय

गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा

आइतबार, ०७ वैशाख २०८२, १२ : २७
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदनमाथि पेसी तोकिएको छ । 

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा आज ४१ वटा मुद्दाको सुनुवाइ हुन लागेकोमा अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट र निवेदनको पेसी ४० औँ नम्बरमा परेको छ । 

उक्त इजलासमा हालसम्म सातवटा मुद्दाको सुनुवाइ भइसकेकोमा १० वटा मुद्दा हेर्न नमिल्नेमा गएका छन् । अझैँ २२ वटा मुद्दाको सुनुवाइ हुन बाँकी रहेकाले आज गभर्नर नियुक्ति विवादको रिटमाथि सुनुवाइको सम्भावना न्यून देखिएको छ । 

अधिवक्तद्वयले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत मंगलबार सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । 

सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै सोही रिटमाथि निवेदकहरूले भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न मागसहित शुक्रबार पूरक निवेदन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप