गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
काठमाडौँ । गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदनमाथि पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा आज ४१ वटा मुद्दाको सुनुवाइ हुन लागेकोमा अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट र निवेदनको पेसी ४० औँ नम्बरमा परेको छ ।
उक्त इजलासमा हालसम्म सातवटा मुद्दाको सुनुवाइ भइसकेकोमा १० वटा मुद्दा हेर्न नमिल्नेमा गएका छन् । अझैँ २२ वटा मुद्दाको सुनुवाइ हुन बाँकी रहेकाले आज गभर्नर नियुक्ति विवादको रिटमाथि सुनुवाइको सम्भावना न्यून देखिएको छ ।
अधिवक्तद्वयले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत मंगलबार सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै सोही रिटमाथि निवेदकहरूले भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न मागसहित शुक्रबार पूरक निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण