बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
सोमबार, ०८ वैशाख २०८२, १७ : १२

ताप्लेजुङ । यहाँकाे फुङलिङ नगरपालिका १० सेवारो चोकस्थित सडकमा बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु भएको छ । मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा आगलागी हुँदा सोमबार घटनास्थलमै ४ जनाको जलेर मृत्यु भएको हाे ।
मृत्यु हुनेहरूमा बोलेरो चालक सोही नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई,बोलेरोमा सवार ललितपुर ललितपुर महानगरपालिका-१० बस्ने १६ वर्षीया आध्या आचार्य,झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरिता पौडेल रहेका छन् ।
ताप्लेजुङको सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको उक्त गाडीमा विद्युतको पोलबाट चुडिएर बाटोमा झरेको तारमा अल्झिएर आगलागी भएको थियो । साथै उक्त घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता