जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको जुनियर स्कुल प्रिन्सेस २०२५ मा सिनियर ग्रुपबाट शिवंशी गिरी विजेता चयन भएकी छन् । सोमबार सम्पन्न कार्यक्रममा फस्ट रनरअप प्रणविश्री सिंह, सेकेन्ड रनरअप परी गुरागाई, थर्ड रनरअप आर्या गुरुङ र फोर्थ रनरअप प्रकृति दानी घोषित भएका हुन् ।
यसैगरी जुनियर ग्रुपबाट प्राशिया पंगेनी विजेता भइन् भने फस्ट रनरअप आस्मी शर्मा, सेकेन्ड रनरअप एमिया गुरुङ, थर्ड रनरअप यूश्री डंगोल र फोर्थ रनरअप संस्कृति राई विजेता बन्न सफल भइन् ।
अन्य विभिन्न सबटाइटलहरूमा क्युट अवार्ड लियोना गुरुङ, इनोसेन्ट अवार्ड आध्या सिपालिया र इभा मर्हजन, स्मार्ट किड्स आभ्या भण्डारी र अनीसा सुवेदी,डिसिप्लीन अवार्ड आकांक्षा भण्डारी, एक्टिभ अवार्ड माइरा सिंह केसी र आकांक्षा भट्टराई, इन्टेलिजेन्ट अवार्ड आश्मि शर्मा र सिवानी स्याङ्ताङ, पर्सनालिटि कृष्टी कटुवाल र छिरिङ डोल्मा गुरुङ, ब्युटीफुल आई अग्रता पाण्डे, एन्थुजियास्टीक अवार्ड विद्युशी अर्याल, पोलाइट अवार्ड आयरा मर्हजन, फोटोजेनिक अवार्ड सोमिया श्रेष्ठ र मान्यता केसी, चेयरफुल अवार्ड ओलीया श्रेष्ठ, फ्रेन्डसिप अवार्ड खुसी राई वस्नेत, डाइनामिक अवार्ड तनिस्का पौडेल, इनरजेटिक अवार्ड सरिष्ठा नगरकोटी र तारिका खनाल, सिन्सियर अवार्ड उपासना थपलिया र श्रेया उप्रेती, एलिगेन्ट अवार्ड आमानी पाण्डे र छेम्वी राई, डेडिकेटेड अवार्ड आरुसी वाम ठकुरी, ग्रेसफूल अवार्ड रेस्ना राई, स्टाइलिस सुवाङ्गी शाह र अनुश्री बुढाथोकी, हार्डओरकीङ जयन्ति राई , डेलिजेन्ट अवार्ड मोना यादव, प्रिटी काव्य श्रेष्ठ, पपुलर च्वाइस प्राशिया पंगेनी र सुहाना मगर, भिर्योस च्वाइस कृतिमा भण्डारी र शिखा सुनार ,कन्फिडेन्स आर्या गुरुङ र मष्ट ट्यालेन्ट कृतिमा भण्डारी र सिवाङ्गी गिरिले प्राप्त गरेकी थिइन ।
उक्त कार्यक्रममा निर्णायक मण्डलमा एनआरएन उपमहासचिव सोम सापकोटा,पत्रकार विकास थपलिया ,महिला व्यवसायी रमिला आचार्य शर्मा, म्युजिक भिडियो डाइरेक्टर आराध्य लक्ष्मी खड्गी, मिसेस ब्युटी क्विन नेपाल सुदिक्षा आचार्य, जुम्वा प्रशिक्षक सोनाम केसी लगायत रहेका थिए ।
सोही कार्यक्रमको अवसरमा विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा पत्रकारहरूलाई शैक्षिक सेवा सम्मान २०८२ बाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा मातृका वन्त रिमाल प्रधानाध्यापक, श्री अमर प्रा वि , सेखटार व्यास नगरपालिका, तनहुँ, रातोपाटीका पत्रकार कृष्णसिंह धामी, नयाँ पत्रिकामा कार्यरत पत्रकार शिवहरि घिमिरे, नोवल एकेडेमीका शिक्षक सोभाकर भण्डारी, भक्ति इनटरनेशनल स्कुलका प्रिन्सिपल नवराज भट्टराई, वैदिक स्कुल भक्तपुरका प्रिन्सिपल धरमेन्द्र पिथाकोटी मगर, गोल्डेन पिक स्कुलका प्रबन्ध निर्देशक कला राई लगायत थिए । सबैलाई प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले सम्मानपत्र प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण