अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर

सोलुखुम्बु । नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार बिहान काठमाडौँ आइपुगेका मन्त्री खट्टर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संयुक्त रूपमा आयोजनाको भ्रमण गरेका हुन् ।
भारतको एसजेभीएन (यसअघि सत्लज जल विद्युत निगम) ले अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको क्षमता ९ सय मेगावाट रहेको छ ।
भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले आयोजनाको प्रगतिबारे समीक्षा गरेका थिए । त्यस्तै, आयोजनासम्बन्धी अवरोधहरूको समाधान गर्ने उपायका बारेमा पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
सो अवसरमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको पनि सुरुवात गरिएको थियो । भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अधिकारीहरू पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट