अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर
सोलुखुम्बु । नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार बिहान काठमाडौँ आइपुगेका मन्त्री खट्टर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संयुक्त रूपमा आयोजनाको भ्रमण गरेका हुन् ।
भारतको एसजेभीएन (यसअघि सत्लज जल विद्युत निगम) ले अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको क्षमता ९ सय मेगावाट रहेको छ ।
भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले आयोजनाको प्रगतिबारे समीक्षा गरेका थिए । त्यस्तै, आयोजनासम्बन्धी अवरोधहरूको समाधान गर्ने उपायका बारेमा पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
सो अवसरमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको पनि सुरुवात गरिएको थियो । भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अधिकारीहरू पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण