आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन आग्रह गरेको छ । अध्यक्ष गुणराज मोक्तानले एक विज्ञप्ति जारी गर्दै परिस्थितिको आँकलन गर्दै आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका हुन् ।
शिक्षा ऐन जारी गर्ने विषयमा जिम्मेवार बन्न नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई नजर अन्दाज नगर्न समेत विज्ञप्ति मार्फत सरकारलाई अनुरोध गरिएको छ ।
अवरुद्ध भएका परीक्षा, नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना कार्यलाई सहजीकरण गर्न समेत देशभरका विद्यालय व्यवस्थापन समितिहरूलाई आह्वान गरिएको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनप्रति महासङ्घले समेत ऐक्यबद्धता जनाएको छ ।
तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधारसहितको कार्यतालिका ल्याउन समेत माग गरेको छ । आपसी संवाद मार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन समेत सरकारसँग अनुरोध गरे ।
शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालबाट करिब २८ हजार सामुदायिक विद्यालयहरूका विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएको छ ।
लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा परेको गम्भीर असर र अभिभावकहरूमा छाएको अन्यौलताप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण