प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
बुधबार, १० वैशाख २०८२, ०५ : ४३
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा म्यान्सिटीले एस्टन भिल्लालाई २-१ ले हराएको हो ।
म्यान्सिटीलाई जिताउन म्याथ्युज नुनिजले निर्णायक गोल गरे । इन्जुरी समयमा गोल गर्दै उनले बराबरीको नतिजा उल्ट्याएका हुन् । यसअघि खेलको सातौं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । १८ औं मिनेटमा भिल्लाका मार्कस रास्फोर्डले गोल फर्काएपछि नतिजा बराबरी भएको थियो ।
यो जितले म्यान्सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जुन सफलताले मुख्य प्रशिक्षक पेप ग्वार्डिवलालाई उत्साही बनाएको छ । म्यान्सिटीको ३४ खेलबाट ६१ अंक हुँदा एक खेल कम खेलेको आर्सनलको ६६ तथा शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ । लिभरपुल उपाधि कब्जाको दाउ कुरेर बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण