प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
बुधबार, १० वैशाख २०८२, ०५ : ४३

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा म्यान्सिटीले एस्टन भिल्लालाई २-१ ले हराएको हो ।
म्यान्सिटीलाई जिताउन म्याथ्युज नुनिजले निर्णायक गोल गरे । इन्जुरी समयमा गोल गर्दै उनले बराबरीको नतिजा उल्ट्याएका हुन् । यसअघि खेलको सातौं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । १८ औं मिनेटमा भिल्लाका मार्कस रास्फोर्डले गोल फर्काएपछि नतिजा बराबरी भएको थियो ।
यो जितले म्यान्सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जुन सफलताले मुख्य प्रशिक्षक पेप ग्वार्डिवलालाई उत्साही बनाएको छ । म्यान्सिटीको ३४ खेलबाट ६१ अंक हुँदा एक खेल कम खेलेको आर्सनलको ६६ तथा शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ । लिभरपुल उपाधि कब्जाको दाउ कुरेर बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य