‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
सुर्खेत । कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री विन्दमान विष्टले नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा आएर फन्टुस कुरा गरेको बताएका छन् ।
पोखरेलले केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रमका ‘एमालेको सरकार आएदेखि कर्णालीमा सचिवहरू आउने लहर चलेको’ भनेका थिए । साथै उनले कांग्रेस र माओवादी नेतृत्वको सरकार हुँदा सचिवहरू आउनै नमान्ने गरेको पनि सुनाएका थिए । यद्यपि अझै तीन जना सचिव खाली रहेको र प्रभावकारी कार्य सम्पादनमा असर परेको बताउँदै सांसद समेत रहेका पूर्वअर्थमन्त्री विष्टले पोखरेलको आलोचना गरेका छन् ।
‘एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गरेपछि कर्णालीमा कर्मचारी/सचिव आउने प्रतिस्पर्धा छ भनेर एमाले महासचिवले भाषण गरेको सुनेको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिनौँदेखि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निमित्तको भरमा छ, एक जना सचिव निवृत्तिभरणमा जानू भो र एकजना सचिव सरुवा हुँदा कम्तीमा तीन जना सचिव खाली भए ।’
हिजोको सरुवामा त कर्णालीमा एकजना मात्रै सचिव पठाइएको छ । ‘प्रतिस्पर्धामा छान्न नसकेर हो कि महासचिवका फन्टुस कुरा हुन्,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण