ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
बुधबार, १० वैशाख २०८२, २० : ४८
सिन्धुपाल्चोक । ढुङ्गा झिक्ने क्रममा पहिरो खसेर एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् ।
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलबार साझँदेखि सम्पर्कविहीन भएका थिए ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् ।
सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन् ।
बा २ क ९०५६ नम्बरको एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण