बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शङ्कास्पद गतिविधि गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अघिल्ला प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुग्ने भनेर फिर्ता पठाएको नक्सा पासको फाइल गुरागाईँले हाजिर भएको दोस्रो दिनमै आधिकारिक प्रणाली प्रयोग नगरी सदर गरेको दाबी गरेका छन् ।
‘सम्बन्धित विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण ? महानगरको अरु महत्त्वपूर्ण नगरी नहुने काम के कति गर्नुभयो आएको २ दिन मै ? केही त पक्कै थियो होइन भने त लुकाएर गर्नु हुन्थेन होला । नगर प्रमुख र कार्यपालिकासँग प्रत्यक्ष जोडिएको विषयमा पनि ३ महिनापछि अरू कसैले उजुरी दिएर मात्र थाहा पाउनु पर्ने ? यति विधि गोप्य तरिकाले काम गर्नु पर्ने के थियो कारण ?’
शाहले यो विषयमा कदम चालेर आफूले महानगरलाई १ अर्ब भन्दा ठुलो क्षति हुनबाट जोगाउन खोजेको दाबी गरेका छन् ।
उनले विवादमा तानिएको हिल्टनको नक्सा पास पनि गुरागाईँले नै उही दिन गरेको र यसमा पनि सचिवालयले अध्ययन गरिरहेको बताएका छन् ।
‘यसबाहेक थाहा नभएका कति गल्ती गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला । ....गल्ती गर्ने कसैलाई पनि छुट छैन महानगरमा’, शाहको भनाइ छ ।
उनले लोकतन्त्र दिवस भ्रष्टाचाररहित समाज भएर मनाउन पाइयोस् भन्दै कटाक्ष समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण