आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
बिहीबार, ११ वैशाख २०८२, २१ : ४१
काठमाडौँ ।जारी आईपीएलको ४२ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई २०६ रनको लक्ष्य दिएको छ ।
राजस्थानले चिन्नास्वामी रंगशालामा टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । बिहीबार बेंगलुरुले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर २०५ रन बनाएको हो ।
आज विराट कोहलीले ७० र देवदत्त पडिक्कलले ५० रन बनाए । कोहलीले जम्मा ४२ बलको सामना गरे ।आज विष्फोटक ब्याटिङ गर्ने ओपनर फिल साल्ट भने मात्र २६ रनमा आउट भए । यस क्रममा उनले २३ बलको सामना गरे ।
राजस्थानका सन्दीप शर्माले २ विकेट लिए। जारी प्रतियोगितामा यी दुई टोलीबिच दोस्रो भेट हो । यसअघि बेंगलुरु विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण