अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
बिहीबार, ११ वैशाख २०८२, २२ : ४५
इटहरी । सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भाञ्जा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य अझै फेला परेका छैनन् ।
वैशाख ८ गते बिहान साढे ८ बजे आसपासमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए । सप्तकोशीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनले भने, ‘मानिस बगेको खबर पाएलगत्तै स्थानीयवासीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजी जारी छ ।’ बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका उहाँहरु नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण