धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)
काठमाडौं । गोरखा भूकम्पको १० औं स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ। स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु तथा अन्य सहभागीहरुले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा मैनबत्ती बालेका थिए। धरहरा परिसरमै भूकम्प सुरक्षा सम्बन्धि उपकरण तथा सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो।
दश वर्षअघि आजकै दिन (२०७२ वैशाख १२ गते) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरवारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौंको क्षति हुन पुगेको थियो।
सोही भूकम्पमा परी धरहरा पनि ढलेको थियो। ढलेको धरहरा जस्ताको तस्तै संरक्षण गरी सँगै अर्को धरहरा निर्माण गरिएको छ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण