डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
डोटी । डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको छ ।
घुम्ती अल्ट्रासाउन्ड सेवा जिल्लाका सबै स्वास्थ्य संस्थामा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ देखि जिल्लाका नौवटा स्थानीय तहका एक, एक स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड सेवा आरम्भ गरिएको हो । हाल सेवा विस्तार गरी सबै स्वास्थ्य संस्थामा पुर्याइएको उनले बताए ।
ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनका लागि नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिम दिई दक्ष बनाई सेवा प्रभावकारी भइरहेको बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुुख योगेन्द्र शाहीले बताए ।
बडीकेदार गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रत्येक महिना ५ देखि २० गतेसम्म अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ । गर्भवती र शिशुको अवस्था थाहा पाउन नियमित रुपमा स्वास्थ्य जँचाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, शिशुको वृद्धि विकासलगायतबारे थाहा पाउन सकिने अनमी अञ्जना चन्दले बताए ।
“अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उनले भने, “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी लिन सकिन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण