आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा चेन्नई सुपर किंग्स पुनः एक पटक ब्याटिङमा असफल देखिएको छ । शुक्रबार घरेलु मैदानमा सनराइजर्स हैदराबादविरुद्ध टोली निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रनमा अलआउट हुन पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको टोलीको सुरुवात राम्रो हुन सकेन । पहिलो बलमा नै साइक रसिद मोहम्मद शमीको शिकार बने । साम करन पनि लामो समय टिक्न सकेनन् । उनले ९ रन बनाएर पभेलियन फर्किए ।
राम्रो ब्याटिङ गरिरहेका ओपनर आयुश महात्रे १९ बलमा ३० रन जोड्दै आउट हुँदा टोलीले ४७ रनमा ३ विकेट गुमाइसकेको थियो । महात्रेले ६ चौका प्रहार गरे ।
त्यसपछि रवीन्द्र जडेजा र डेवाल्ड ब्रेभिसले केही समय चेन्नईको इनिङ्सलाई सम्हाले ।
जडेजाले १७ बलमा १ चौका र १ छक्काको मद्दतले २१ रन जोडे । ब्रेभिसले २५ बलमा टोलीका लागि सर्वाधिक ४२ रनको योगदान थिए । उनले १ चौका र ४ छक्का प्रहार गरे ।
उनीहरू आउटभएपछि टोलीले लगातार विकेट गुमायो । कप्तान महेन्द्रसिंह धोनीले १० बलमा ६ रन मात्र जोड्न सके । अंशुल कामबोज र नुर अहमद २–२ रन बनाएर आउट भए ।
खेलको अन्त्यतिर दीपक हुडाले २२ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
हैदराबादका लागि हर्षल पटेलले ४ आभेर बलिङ गर्दै २८ रन खर्चेर ४ विकेट लिए । कप्तान प्याट कमिन्सले किफायती बलिङ गर्दै ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिए ।
जयदेव उनादकटले पनि २ विकेट हात पारे । मोहम्मद शमी र कामिन्डु मेन्डिसको नाममा १–१ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण