एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?
शनिबार, १३ वैशाख २०८२, १२ : १३
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज साबिक विजेता ललितपुर एफसी र पोखरा थन्डर्स एफसी आमनेसामने हुँदैछन् । खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।
लिग चरणमा अपराजित रहेको ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाउन सफल भएको थियो । टोलीले ६ खेलमध्ये ३ मा जित र ३ मा बराबरी खेलेको थियो ।
उता, पोखरा थन्डर्सले भने दोस्रो क्वालिफायरमा धनगढीलाई नै स्तब्ध बनाउँदै फाइनलको यात्रा तय गरेको थियो । पोखराले लिग चरणमा खेलिएका ६ मध्ये २ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो ।
हालसम्म प्रतियोगितामा पोखराले ललितपुरलाई हराउन सकेको छैन । दुई टोली लिगमा अहिलेसम्म ४ पटक आमनेसामने भएका छन् । यसमध्ये दुई खेलमा ललितपुर एफसी विजयी भएको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण