देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
साथै उनले देशप्रति जसको निष्ठा छैन तिनको असली मुकुण्डो उतार्न पनि सांसदहरूलाई सुझाव दिएका छन् । ‘देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘आज बोलेका गलत कुराको आजै प्रतिवाद हुनुपर्दछ ।’ उनले देशभक्तिको भावनालाई उजागर गर्न र जनतालाई जनतालाई जागरूक बनाउने काम गर्नुपर्ने पनि बताए ।
‘बोल्नका लागि बोल्ने होइन, अर्थपूर्ण बोल्नुपर्छ । निरर्थक, झुट, असभ्य अश्लील, जो केही पार्टीका नाममा र केही व्यक्तिहरूले संसदभित्र पनि बोल्ने गरेका छन्’, उनले भने, ‘त्यस्तो प्रवृत्ति हामी गर्दैनौ, बोल्दैनौ । मर्यादित सु–संस्कृत र सभ्य तरिकाले तथ्यमा आधारित साहसिक ढङ्गले प्रस्तुत हुन्छौ ।’
उनले सत्यको उजागर गर्न र राष्ट्रियताको पक्षमा स्पष्ट अडानसहित उभिने काम गर्न सांसदहरूलाई निर्देशन दिँदै राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तीखो आलोचना गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म