देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
साथै उनले देशप्रति जसको निष्ठा छैन तिनको असली मुकुण्डो उतार्न पनि सांसदहरूलाई सुझाव दिएका छन् । ‘देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘आज बोलेका गलत कुराको आजै प्रतिवाद हुनुपर्दछ ।’ उनले देशभक्तिको भावनालाई उजागर गर्न र जनतालाई जनतालाई जागरूक बनाउने काम गर्नुपर्ने पनि बताए ।
‘बोल्नका लागि बोल्ने होइन, अर्थपूर्ण बोल्नुपर्छ । निरर्थक, झुट, असभ्य अश्लील, जो केही पार्टीका नाममा र केही व्यक्तिहरूले संसदभित्र पनि बोल्ने गरेका छन्’, उनले भने, ‘त्यस्तो प्रवृत्ति हामी गर्दैनौ, बोल्दैनौ । मर्यादित सु–संस्कृत र सभ्य तरिकाले तथ्यमा आधारित साहसिक ढङ्गले प्रस्तुत हुन्छौ ।’
उनले सत्यको उजागर गर्न र राष्ट्रियताको पक्षमा स्पष्ट अडानसहित उभिने काम गर्न सांसदहरूलाई निर्देशन दिँदै राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तीखो आलोचना गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण