एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: संसद्मा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले संसद्मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए । उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठुलो अर्को कुरा हुँदैन । जननी जन्मभूमि, स्वर्गादपी गरियसी । स्वर्ग भन्दा पनि ठुलो भनेको देश हो । देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्त्वहरूलाई हामीले तिनको असली चेहरा, तिनको मुकुण्डो उतार्नुपर्छ । हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरूलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरूक गर्नुपर्दछ । हाम्रो भूमिका छिटो, छरितो, तत्काल हुनुपर्दछ । तत्काल बेठिक कुराहरूको विरुद्ध बोल्ने त्यो तरिका अवलम्बन गर्नुपर्छ । बासी कुराहरूको सन्दर्भमा बोलेर त्यति अर्थ हुँदैन ।’
प्रधानमन्त्री ओलीले आज बोलिएका गलत कुराको प्रतिवाद आज नै गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह
-
अनेमसंघको सातौँ महाधिवेशन शनिबारबाट, अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने संकेत
-
महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा
-
इजलासमा मिश्रले खाए आमाको कसम, राज्यविरूद्धकाे कसूर नगरेको जिकिर
-
प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
-
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट