सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
बुटवल । नेकपा एकीकृत समाजवादी उपाध्यक्ष तथा पूर्वमन्त्री प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले वर्तमान व्यवस्थाप्रति जनगुनासो बढ्नुको कारण सरकारले काम नगरेर भएको बताएका छन् ।
पार्टीको अर्घाखाँचीको ८ ओैँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ज्वालाले देशको अर्थतन्त्र अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेको पनि बताए । यस्तो अवस्थामा वर्तमान सरकारले महँगी, भ्रष्टाचार, घुसखोरी र ढिलासुस्तीलाई बढावा दिएको आरोप लगाए ।
अपारदर्शी, अलोकतान्त्रिक तरिकाले सरकार बनेकाले देशमा भ्रष्टाचार बढेको उनको भनाइ थियो । भ्रष्टाचारको सूचीमा समेत गत वर्षभन्दा यस वर्ष सरकार अगाडि रहेको उनले बताए । जसका कारण ठुलो जनआक्रोश र असन्तुष्टि रहेको उनले बताए । 'सडकमा जनता आन्दोलनमा आइरहेकै छन् । शिक्षकहरू आन्दोलनमा छन्, डाक्टरहरू आन्दोलनमा छन्, नर्सहरू आन्दोलनमा छन् । सरकारमा भएभन्दा बाहिरका पार्टीहरू प्रायः सबै सडकमै छन्,' उनले भने, 'तर सरकारले सुधारको कुनै काम गर्दैन ।'
अब सरकारले समृद्धिको पक्षमा लागेर व्यवस्था र परिवर्तनविरोधी तत्त्वलाई निरुत्साहित गराउनुपर्ने उनले बताए ।
ज्वालाले आफ्नो पार्टी विद्रोहबाट जन्मिएको भएकाले जनताको पक्षमा उल्लेखनीय काम गरेको दाबी गरे । आफ्नो पार्टीले अरूभन्दा फरक तरिकाले काम गर्नुपर्ने र जनताले कुनै प्रश्न उठाउन नसक्ने हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओली धेरै भ्रष्टाचारमा जोडिएकाले उनीमाथि निष्पक्ष छानबिन गइनुपर्ने बताए । भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टी स्टेटलगायत घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण