रियल म्याड्रिडलाई दोहोरो घाटा, अप्ठेरोमा पर्न सक्छन् एन्टोनियो रुडिगर

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका लागि शनिबारको रात निराशाजनक रह्यो । एकातिर रियल म्याड्रिड कोपा डेल रे फुटबलको उपाधि भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भयो भने अर्कोतिर, रियलका एक खेलाडीले रेफ्रीसँग दुर्व्यवहार गरेको आरोपमा सजायसमेत भोग्नु परेको छ ।
कोपा डेल रेको फाइनलको अन्त्यतिर रियल म्याड्रिडका खेलाडी एन्टोनियो रुडिगरले रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए । ३२ वर्षीय सेन्टर–ब्याक रुडिगरले खेल सकिनुभन्दा ठिकअघि रेफ्री रिकार्डो डे बर्गसलाई टाढैबाट केही वस्तुले हिर्काएका थिए ।
त्यसपछि उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो । रेफ्री रिकार्डो बर्गसले आफ्नो प्रतिवेदनमा पनि आफूमाथि रियल म्याड्रिडका खेलाडी रुडिगरबाट दुर्व्यवहार भएको उल्लेख गरेका छन् ।
समाचारमा जनाइए अनुसार, रुडिगरले रेफ्री रिकार्डोलाई टाढैबाट बरफको टुक्राले प्रहार गरेका थिए । तर, बरफको त्यो टुक्रा रेफ्रीसँग भने ठोक्किएको थिएन । यो आरोपमा जर्मन खेलाडी रुडिगरमाथि केही खेलको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
स्पेन फुटबल महासङ्घको अनुशासन समितिले पनि रुडिगरमाथि केही खेलको प्रतिबन्ध लाग्न सक्ने जनाएको छ । यदि नियम १०१ मा उल्लेख भए अनुसार, रुडिगरले रफ्रीमाथि आक्रमण गरेको प्रमाणित भएमा उनीमाथि चारदेखि १२ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने महासङ्घले जनाएको छ ।
यदि, रुडिगरको अस्वाभाविक व्यवहार नियम १०४ को विपरीत देखिएमा उनीमाथि तीनदेखि ६ महिनासम्म प्रतिबन्ध लाग्न सक्ने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
-
सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति