रियल म्याड्रिडलाई दोहोरो घाटा, अप्ठेरोमा पर्न सक्छन् एन्टोनियो रुडिगर
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका लागि शनिबारको रात निराशाजनक रह्यो । एकातिर रियल म्याड्रिड कोपा डेल रे फुटबलको उपाधि भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भयो भने अर्कोतिर, रियलका एक खेलाडीले रेफ्रीसँग दुर्व्यवहार गरेको आरोपमा सजायसमेत भोग्नु परेको छ ।
कोपा डेल रेको फाइनलको अन्त्यतिर रियल म्याड्रिडका खेलाडी एन्टोनियो रुडिगरले रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए । ३२ वर्षीय सेन्टर–ब्याक रुडिगरले खेल सकिनुभन्दा ठिकअघि रेफ्री रिकार्डो डे बर्गसलाई टाढैबाट केही वस्तुले हिर्काएका थिए ।
त्यसपछि उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो । रेफ्री रिकार्डो बर्गसले आफ्नो प्रतिवेदनमा पनि आफूमाथि रियल म्याड्रिडका खेलाडी रुडिगरबाट दुर्व्यवहार भएको उल्लेख गरेका छन् ।
समाचारमा जनाइए अनुसार, रुडिगरले रेफ्री रिकार्डोलाई टाढैबाट बरफको टुक्राले प्रहार गरेका थिए । तर, बरफको त्यो टुक्रा रेफ्रीसँग भने ठोक्किएको थिएन । यो आरोपमा जर्मन खेलाडी रुडिगरमाथि केही खेलको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
स्पेन फुटबल महासङ्घको अनुशासन समितिले पनि रुडिगरमाथि केही खेलको प्रतिबन्ध लाग्न सक्ने जनाएको छ । यदि नियम १०१ मा उल्लेख भए अनुसार, रुडिगरले रफ्रीमाथि आक्रमण गरेको प्रमाणित भएमा उनीमाथि चारदेखि १२ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने महासङ्घले जनाएको छ ।
यदि, रुडिगरको अस्वाभाविक व्यवहार नियम १०४ को विपरीत देखिएमा उनीमाथि तीनदेखि ६ महिनासम्म प्रतिबन्ध लाग्न सक्ने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण