सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्रीको आग्रह
काठमाडौँ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छन् ।
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सत्य र न्यायको पक्ष लिन पार्टीको सदस्यता त्याग्न अनुरोध गरेकी हुन् । विधिसम्मत बस्ने कि अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायामा बसिरहने भन्ने विषयमा छान्न अनुरोध गरिन् ।
बुईमा चढाएर सत्तामा पुर्याएका नेताहरूले नै दमन गरेको उनको भनाई छ । ‘जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो,आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ उनले लेखेकी छन् ।
सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि शिक्षकहरूलाई कसरी हेर्छन् भन्नेबारेमा आजको घटनाबाट प्रस्ट भएको बताइन् ।
पहिले देशको व्यवस्था परिवर्तन गर्न विभिन्न काल खण्डमा योगदान दिएको बताउँदै व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न असफल भएको बताइन् । अब यो संस्कार परिवर्तन गर्नका लागि शिक्षकहरू सामेल हुनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण