पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते

काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यसैगरी दुई जना घाइते भएका छन् ।
गएराति लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वाेत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् ।
घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा