क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
ओटावा । आम निर्वाचन लागि क्यानडामा आज मतदान हुँदैछ । यस चुनावमा मुख्य लडाइँ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी र कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेबीच हुने ठानिएको छ ।
तर क्यानडाको चुनावमा सबैभन्दा ठुलो मुद्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । ट्रम्पले क्यानडाबाट अमेरिका भित्रिने सामानमा उच्च भन्सार महसुल लगाएका छन् । क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा गरेदेखि नै क्यानडामा ट्रम्पविरुद्ध आक्रोश छ । यसले क्यानडामा राष्ट्रवादी भावनालाई बढवा दिएको छ, जसले गर्दा अहिले चुनावमा अन्य मुद्दाहरू ओझेलमा परेका छन् ।
क्यानडामा लिबरल पार्टी एक दशकभन्दा बढी समयदेखि सत्तामा छ । मुद्रास्फीति, घरजग्गाको बढ्दो मूल्य र आप्रवासीहरूको बढिरहेको सङ्ख्यालाई लिएर लिबरल पार्टी विरुद्ध व्यापक जनआक्रोश थियो । यही असन्तुष्टिका कारण पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो पदबाट राजीनामा दिन बाध्य भए ।
ट्रुडोपछि क्यानडा र बेलायतको केन्द्रीय बैंकका गभर्नर बनिसकेका मार्क कार्नीले प्रधानमन्त्रीको पदभार ग्रहण गरे । यद्यपि, यसैबिच ट्रम्पले क्यानडामाथि उच्च ट्यारिफ लगाइदिए । यसले क्यानडामा राष्ट्रवादको भावनालाई बलियो बनायो र ट्रम्पको विरुद्ध लिबरल पार्टीले जस्तो अडान लियो यसले पार्टीलाई फाइदा पुर्यायो । अहिले स्थिति हेर्दा यो चुनावमा लिबरल पार्टीले भावी सरकार बनाउने देखिन्छ ।
केही महिना अघिसम्म पनि कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रे धेरै राम्रो स्थितिमा थिए । उनी देशको अर्काे प्रधानमन्त्री बन्ने लगभग निश्चित थियो । तर अमेरिकामा ट्रम्प सत्तामा आएपछि परिस्थिति पूर्ण रूपमा फेरियो । पियरे पोइलिभ्रेले गरेको एउटा गल्ती यो थियो कि उनले चुनावी अभियानको क्रममा ट्रम्प विरुद्ध बलियो अडान लिन सकेनन् ।
यसको मूल्य उनी र उनको पार्टीले चुकाउनु पर्यो र चुनावपूर्व भएका सर्वेक्षणहरूमा उनी पछि परेको देखिन्छ । त्यही समयमा, मार्क कार्नीले आफ्नो अभियानमा ट्रम्प विरुद्ध राष्ट्रवादको भावनालाई बलियो बनाए । ‘हामी संकटमा छौँ, ट्रम्पले क्यानडालाई धम्की दिइरहेका छन् । उसले हाम्रा कम्पनीहरू, हाम्रा कर्मचारीहरूलाई धम्की दिइरहेको छ । यो हाम्रो अर्थतन्त्रको लागि मात्र होइन, अस्तित्वको लागि पनि खतरा हो,’ मार्क कार्नीले मंगलबार भनेका थिए ।
क्यानडाको चुनावी नतिजाले अमेरिकामा कस्तो पर्ला प्रभाव ?
ट्रम्पले क्यानडामा भारी कर लगाएका छन् । यस्तो अवस्थामा, जुनसुकै दल सत्तामा आए पनि आफ्नो निर्यातलाई विविधीकरण गर्ने लक्ष्य राख्नुपर्छ । प्रधानमन्त्री बनेपछि कार्नीले अमेरिकाको भ्रमण गरेका छैनन् ।
तर, उनी लन्डन र पेरिसको भ्रमण गइसकेका छन् । क्यानडा अब अमेरिकामाथिको आफ्नो निर्भरता कम गर्न खोजिरहेको स्पष्ट देखिन्छ । हाल, क्यानडाको ८० प्रतिशत सामान अमेरिकामा जान्छ, तर अब त्यो बिस्तारै घट्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण