शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरमा कार्यरत शाखा अधिकृत मिन बहादुर भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाई दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भट्टराईले गैरकानूनी रूपमा रु. ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसाको सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो सम्पत्तिको केही हिस्सा उनले आफ्नी पत्नी झुना कुमारी कठेतको नाममा राखेको पाइएपछि उनलाई समेत प्रतिवादी बनाइएको थियो।
साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाहरुको उल्लंघन गरेको आरोपमा आयोगले भट्टराईलाई कैद, जरिवाना र सम्पत्ति जफतको मागसहित मुद्दा चलाएको थियो। तर, विशेष अदालतले मिति २०८१ साल असार ९ गते दिएको फैसलामा प्रतिवादीलाई सफाइ दिएको थियो।
आयोगले उक्त फैसलासँग असहमति जनाउँदै मिति २०८२ साल वैशाख १६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगका अनुसार, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिअनुरूप कानूनको सर्वोच्चता कायम गर्न पुनरावेदन गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह
-
नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन महराको सुझाव
-
नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला
-
यो वर्ष वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य
-
अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु
-
सरस्वती प्रतीक्षाका तीन कविता