आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन् । बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले यसलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने र विद्यालय, कार्यस्थल र समुदायहरूमा बलियो साझेदारी निर्माण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिरहेको जिकिर गरे । २०२२ को सर्वेक्षणअनुसार अन्धोपन ०.८४५ बाट घटेर आज ०.२८५ भएको छ ।
मोतियाबिन्दु शल्यक्रियाको कभरेजमा पनि ठूलो सुधार भएको स्वास्थ्यमन्त्रीको दाबी छ । नेपालको लक्ष्य २०३० सम्ममा ६५.४५ पुग्ने रहेको बताए । सार्वजनिक–निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत पहुँच बिस्तार गरिरहेको उल्लेख गरे ।
नेपालले २०२६ मा आँखा स्वास्थ्यमा विश्वव्यापी शिखर सम्मेलनको आवाजलाई पनि दृढतापूर्वक समर्थन गर्ने प्रतिवद्धता जनाए । उनले सबैको आँखा हेरचाहमा पहुँच सुनिश्चित गर्नका लागि काम गरिरहेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण