लुम्बिनी सरकारले दुई नयाँ सचिवको जिम्मेवारी तोक्यो

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हालै सरुवा भई आएका दुई सचिवको जिम्मेवारी तोकेको छ । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सचिवहरूको जिम्मेवारी तोकेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
जसअनुसार बसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको आर्थिक वर्ष २०८२÷०८३ मा स्थानीय तहमा बाँडफाँट हुने सवारी साधन करको अनुमानित सीमा पठाउने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।
यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’
-
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
-
कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन, संयोजकमा हरिकृष्ण गजुरेल
-
मोहन वैद्य एक सातादेखि अस्पतालमा