आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
काठमाडौँ । आहारपूरक खाद्य सामग्रीको बिक्रीवितरणमा भइरहेको समस्या समाधानका लागि नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)को एक प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कुमार प्रसाद दाहालसँग भेटघाट गरी समग्र विषयमा छलफल गरेको छ ।
संघका अध्यक्ष विप्लव रञ्जितका अनुसार छलफल निकै उपलब्धिमूलक रह्यो । ‘विभागले जारी गरेको सूचना राज्यको कानुनी प्रक्रिया पालना गर्दै इमानदारीपूर्वक व्यवसाय गरिरहेका व्यवसायीहरूको हितका लागि ल्याइएको हो भन्ने स्पष्टीकरण प्राप्त भयो’—अध्यक्ष रञ्जितले भने । उनले आगामी दिनमा एनएनसीए र विभागबिच थप समन्वय र सहकार्यको वातावरण बन्नेमा समेत विश्वास व्यक्त गरे ।
वाणिज्य विभागले वैशाख १५ गते एक सूचना जारी गर्दै कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल उत्पादन तथा आयात गर्ने व्यवसायीहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित विभागमा सम्पर्क गर्न आह्वान गरेको छ । विभागले उपभोक्ताको हितलाई ध्यानमा राख्दै गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न र अनुचित व्यापारिक अभ्यास नियन्त्रण गर्न यस्तो कदम चालेको जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसार, विभागमा आएका उजुरी तथा गुनासोहरूमा केही व्यवसायीहरूद्वारा बजारमा एकाधिकार कायम गर्ने, कमसल वस्तु पैठारी गर्ने, मूल्य नियन्त्रणमा हेरफेर गर्नेजस्ता गतिविधि भएको जनाइएको छ । विभागले सम्पूर्ण व्यवसायीहरूलाई निम्न कागजातहरू सहित सम्पर्कमा आउन भनेको छ । विभागले व्यवसाय दर्ता प्रमाणपत्र, प्यान, भ्याट र कर चुक्ता प्रमाणपत्र, इक्जामिनेसन सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता वा उत्पादन इजाजतपत्र, प्रज्ञापनपत्र, वस्तुको एनालाईसिस रिपोर्ट, ट्रेडमार्क र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिमको लेबल नमुनासहित आउन आग्रह गरेको हो ।
एनएनसीएले सम्बन्धित सम्पूर्ण व्यवसायी साथीहरूलाई विभागको सूचनाअनुसार तोकिएको समयसीमा भित्र आवश्यक कागजातसहित उपस्थित हुन विनम्र अनुरोध गरेको छ । साथै कागजातसँग सम्बन्धित कुनै अन्योल वा द्विविधा भएमा संघसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।
यो पहलले स्वास्थ्यसम्बन्धी वस्तुहरूको गुणस्तर सुनिश्चित गर्नुका साथै उपभोक्ताको अधिकारको संरक्षणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण