काठमाडौँ विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र

विराटनगर । काठमाडौँ विश्वविद्यालय (केयू) अन्तर्गत स्नातकोत्तर तह (पीजी) का परीक्षार्थीहरूका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ ।
यससँगै कलेज प्रशासनले परीक्षार्थीहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सेवा–सुविधाहरू उपलब्ध गराएको छ ।कलेज प्रशासनका अनुसार परीक्षाको सम्पूर्ण अवधिभर क्याम्पसभित्रै सुरक्षित र सुलभ बसोबासको व्यवस्था गरिएको छ ।
परीक्षार्थीहरूले दुई विकल्पमध्ये छनोट गर्न सक्नेछन् । पहिलो ६ हजारमा १५ दिनका लागि उपलब्ध आधारभूत होस्टेल कोठा, जसमा सफा, शान्त र सुरक्षित वातावरण प्रदान गरिएको छ ।
दोस्रो दैनिक तीन हजार तिरेर वातानुकूलित, भान्छा सहितको निजी स्टुडियो अपार्टमेन्टको व्यवस्था पनि गरिएको छ । यी दुवै सेवा ‘पहिले आउने, पहिले पाउने’ आधारमा मात्र उपलब्ध हुने प्रशासनले जनाएको छ ।
अध्ययन वातावरणको ख्याल राख्दै कलेज परिसरमा रहेको केन्द्रीय चिकित्सा पुस्तकालय बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहनेछ ।पुस्तकालयमा आवश्यक सम्पूर्ण सामाग्री सहित उच्च गतिको वाइफाइ, अध्ययन डेस्क र पर्याप्त सन्दर्भ सामग्री उपलब्ध गराइने कलेजले जनाएको छ ।
परीक्षार्थीहरूले पुस्तकालय प्रवेशका लागि आफ्नो केयू परिचयपत्र वा विश्वविद्यालय कार्ड अनिवार्य रूपमा ल्याउनु पर्ने व्यवस्था छ । परीक्षास्थलहरू विराट मेडिकल कलेज शिक्षण अस्पतालको शैक्षिक ब्लक र क्लिनिकल विभागहरूमा रहने र परीक्षाका लागि स्थान र समय तालिका पहिलो परीक्षाको ४८ घण्टा अघि अनलाइन तथा क्याम्पसमा सूचना बोर्डमा टाँसिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन