महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १९ गते, शुक्रबार । ईश्वी सन् २०२५ मे २ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख शुक्लपक्ष । तिथि–पंचमी, २३ घडी ३२ पला, दिउसो २ बजेर ५१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–आद्र्रा, ३२ घडी ४७ पला, बेलुकी ६ बजेर ३३ मिनेट उप्रान्त पुनर्वशु । योग–सुकर्मा, १३ घडी ३८ पला, बिहान १० बजेर ५३ मिनेट उप्रान्त धृती । करण–बालव, दिउँसो २ बजेर ५१ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५८ पला ।
आजको बार बेला
- बिहान ५ बजेर २६ मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर २७ मिनेटदेखि बिहान ७ बजेर ५ मिनेटसम्म लाभ बेला ।
- बिहान ७ बजेर ६ मिनेटदेखि बिहान ८ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
- बिहान ०९ बजेर ४५ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म शुभ बेला ।
- मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १९ मिनेटसम्म उद्धेग बेला ।
- दिउँसो ४ बजेर २० मिनेटदेखि बेलुकी ४ बजेर ५८ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर ५९ मिनेटदेखि बेलुकी ७ बजेर ५८ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २२ मिनेटदेखि दिउँसो १२ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ५१ मिनेटदेखि बिहान ४ बजेर ३९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । व्यापार तथा उद्योगमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडि बढेर अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिससँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलीबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा प्रतिस्पर्धामा तपाईंको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले लगानी गरी आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था, एनजीओ तथा आईएनजीओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन हुनेछ । शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ । भविश्यका लागि काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुबै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रशन्न हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकाले नसोचेको धन तथा सम्पती हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । र, पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरीमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुदा तपाईंलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नया प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । इमान्दारिता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । महंंगा तथ विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर तान्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी बढाएर प्रसस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विलासीताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा परिवारमा सदस्यको सहयोगले गन्तब्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेकोछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ । र, पनि खर्च बढ्ने तथा जग्गा सम्बन्धि काममा मन्दी आउनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?