काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन
काठमाडौँ । काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् ।
यसको विरोधमा आज बिहान ५ः२५ बजेपछि नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा ४०–५० जनाका भेला भएर सडकमा तरकारी राखेर बाटो अवरोध गरेका हुन् । काठमाडौँ महानगरका मेयर बालेन शाहले तरकारी बेच्न नदिएको भन्दै उनीहरुले सडकमै तराकारी राखेर विरोध गरेका हुन् ।
लगत्तै प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरिक्षक रुपक थापाको कमाण्डमा ७ जना र प्रहरी चौकी ककनीबाट प्रहरी निरिक्षक कुमार बहादुर खडकाको कमाण्डमा ५ जनाको टोलीले सडक सुचारु गराएको थियो ।
हरेक दिन बिहान माछापोखरीकाे सडकमै तरकारी बेच्ने गरिएकोमा केही साताअघि महानगरले रोक लगाएकोमा विरोध हुँदै आएको छ । तस्बिर: सौरव ढकाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण