आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

फेरि तीन वर्षको प्रतिबन्धमा परे भारतका पूर्वक्रिकेटर एस.श्रीसन्थ

शुक्रबार, १९ वैशाख २०८२, १६ : ०५
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । भारतका पूर्व क्रिकेटर सान्थकुमारन श्रीसन्थमाथि फेरि तीन वर्षको प्रतिबन्ध लगाइएको छ । भारतको केरल क्रिकेट संघका अनुसार, सार्वजनिक रुपमा अनावश्यक र अपमानजनक टिप्पणी गरेका कारण उनीमाथि तीन वर्षको प्रतिबन्ध लगाइएको हो । 

श्रीसन्थ अहिले पनि केरल क्रिकेट लिगमा कोल्लम एरिज टोलीका सहमालिक हुन् । संघले श्रीसन्थको टोलीसँग पनि स्पष्टीकरण सोधेको छ । केरल क्रिकेट संघको हालै कोचीमा सम्पन्न बोर्ड बैठकले यस्तो निर्णय गरेको समाचारमा जनाइएको छ ।

श्रीसन्थ भारतीय टोलीका चर्चित पूवखेलाडी हुन् । उनले केही समयअघि सन्जु सामसनको विषयलाई एक टेलिभिजनमा अन्तरवार्ता दिँदै केरल क्रिकेट संघमाथि गम्भीर आरोप लगाएका थिए । 

सन्जु सामसनलाई आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीमा समावेश नगरिएपछि श्रीसन्थले त्यसको दोष केरल क्रिकेट संघलाई लगाएका थिए । यसका अतिरिक्त विजय हजारे ट्रफीका लागि सामसनलाई टोलीमा नपारिएपछि त्यसको दोष पनि श्रीसन्थले संघमाथि नै लगाएका थिए ।

त्यसपछि संघले आफूमाथि अनावश्यक र अपमानजनक अभिव्यक्ति दिइएको आरोपमा श्रीसन्थविरुद्ध कारबाही अगाडि बढाएको थियो । १२ वर्षअघि पनि खेल मिलेमतोको आरोपमा श्रीसन्थमाथि प्रतिबन्ध लगाइएको थियो ।  आफ्नो समयका प्रभावशाली खेलाडी श्रीसन्थले भारतीय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप