मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशका लागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताएका छन् । शनिबार नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध अवसरहरूको सदुपयोगमा ध्यान दिन आग्रह गरेका हुन् ।
प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायको ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उनले ती अवसरहरूको पूर्ण सदुपयोगका लागि अपिल गरे। प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणको व्यवस्था गरेको यो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी रहेको समेत उनले बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताए ।
लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणको दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागिताको आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण