नेकपा एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र
विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।
प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले जनजीविकाको सवालमा विभिन्न माग राखेर आइतबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । उनले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाइएको बताइन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति मागहरू पूरा गर्ने र अरु मागहरुलाई पनि क्रमिक रुपमा पूरा गरिने बताए । सो कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए।
उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण